• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

२५ लाख नदिए बाउछोरालाइनै मार्छु भन्दै धम्की दिने थापा भरतपुरबाट पक्राउ

  • खबरदाता

२५ लाख नदिए बाउछोरालाइनै मार्छु भन्दै धम्की दिने थापा भरतपुरबाट पक्राउ

कात्तिक १४,२०८०

 

 

भरतपुर – अपहरण गरी ज्यान मार्ने धम्की दिदै २५ लाख रकम माग गर्ने एक जना लाई चितवन प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा- २ घर भइ हाल भरतपुर- ९ बस्ने बर्ष ५५ को रामचन्द्र थापा रहेका छन।

प्रहरीका अनुसार निजले कार्तिक ८ गते भरतपुर- १ बस्ने सोमराज सुवेदीलाई अपरिचित मोवाईल नम्बरबाट फोन गरी २५ लाख नदिए बाउछोरालाईनै मार्ने धम्की दिएका थिए।

सुबेदिले दिएको निवेदनका आधारमा निज थापालाई प्रहरीले १३ गते साँझ ५:४० बजे रकम माग गर्दै गर्दा भरतपुरको मालपोत चोकबाट पक्राउ गरेको हो।

निज थापा यो भन्दा अगाडि पनि विभिन्न आपरधिक घटनामा पाँच पटक जेल परेको जनाइएको छ।

अन्तिम पटक डाँका मुद्दामा ९ बर्ष कैद तोकिएका थापा गणतन्त्र दिवसको अवसरमा ४ बर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी कारागार कार्यालय भरतपुरबाट आम माफी पाई छुटेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : कात्तिक १४, २०८०, मंगलवार १७:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८