• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नदीमा डुबेर कैलालीमा २ बालकको मृत्यु

  • खबरदाता

नदीमा डुबेर कैलालीमा २ बालकको मृत्यु

कात्तिक १०, २०८०

 

धनगढी – कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको पुष्टि गरे ।

उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो । मृतकको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।

  • प्रकाशित मिति : कात्तिक १०, २०८०, शुक्रवार १४:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८