• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जयपृथ्वी राजमार्ग पहिराले अवरूद्ध

  • खबरदाता

जयपृथ्वी राजमार्ग पहिराले अवरूद्ध

भदौ २५, २०८०

 

अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरूद्ध बनेको छ। आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरूद्ध भएको हो।

उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनले भने, ‘ठूलो ढुङ्गा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन्।’

आइतबारदेखि उक्त राजमार्ग अवरूद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन्। यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रूख खस्दा अवरूद्ध भएको छ। गए राति खसेका चारवटा रूखले राजमार्ग अवरूद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए।

राजमार्ग अवरूद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन्। शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ।

  • प्रकाशित मिति : भदौ २५, २०८०, सोमवार ०९:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८