भदौ २०, २०८०
काठमाडौँ।नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरेकी छिन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि कानुन बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको बताइन ।
राईले आफ्नो संस्कृति र धर्ममा गोरु अनिवार्य भएको बताइन् । उनले संविधानमा धर्मनिरपेक्ष राज्य लेखिएकाले किरात धर्मावलम्बीले आफ्नो संस्कृति मान्न पाउनुपर्ने धारणा राखिन् ।
“मुन्धुममा हाम्रो गोरुलाई नचढाएर पितृ खुसी नै हुँदैन । त्यसमा पनि माले गोरु माले, बाछा पूजा गर्यो भने हामी किरातीहरूको मुन्धुममा साँच्ची नै पितृहरू खुसी हुने हुन्छ,” बैठकमा उनले भनिन्, “यी विषयमा हामीले छलफल गर्नुपर्छ । सदनमा संविधानमा बर्जित गरेको कुरा उठाउन किन दिइन्छ रु अहिले हामी गोरुको हड्डी राखेर उधौली र उभौली पूजा गर्छौं । त्यो स्वतन्त्र हुन्छ कि हुँदैन रु”
उनले गाईगोरु बधको कानुन बनाउन समितिमा छलफल गर्नुपर्ने बताइन् ।
उनले संविधानमा वञ्चित गरिएको कुराहरु सदनमा उठाउन किन दिइन्छ रु भन्दै प्रश्न गरिन् । गाई गोरु बध गर्न नदिएपछि मुन्धुममा गोरुको हड्डी राखेर उँधौली र उभौलीमा पूजा गर्ने गरेको उनले बताइन् ।
उनले प्रश्न गरिन्–‘धर्म निरपेक्षता भनेको के हो रु परिभाषा कसरी गरिएको छ रु त्यसैले ऐन बनाउने र सुशासन कायम गर्ने हाम्रो यो समिति भएकोले यो बारेमा ऐन बनाउँदा विचार गर्नुपर्छ, यो बारेमा बहस चलाउनुपर्छ । धरानमा अहिले सदभाव भड्किएको छ, राई लिम्बु मुर्दावाद भनेर हरेक ठाउँमा भाषण गर्दै हिँडेको छ, नारा लगाइएको छ । के हामी धरानका राई लिम्बुहरु भाग्नुपर्ने हो रु यही हो हामीले संविधानमा लेखेको कुरा रु अब ऐनमा यस्तो व्यवस्था हुनुपर्छ पूजा गर्नेले पूजा गर्न पाउनुपर्छ र काटेर पूजा गर्न पाउनेले काटेर हाम्रो पितृहरुलाई बुझाउन पाउनुपर्छ भन्ने ऐन यहाँबाट बनाउनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८