• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

 माधव नेपाललाई निर्दोष सावित गर्ने प्रचण्ड न्यायाधीश हुन् ?

  • खबरदाता

 माधव नेपाललाई निर्दोष सावित गर्ने प्रचण्ड न्यायाधीश हुन् ?

भदौ १६, २०८०

 

काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित गरिदिएका छन् । कोहीकसैमाथि आरोप लागेमा मुद्दा चल्छ, दोषी कि निर्दोष अदालतले ठहर गर्छ । तर, समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले अब नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको बताए ।

उनले भने , ‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरु के हो कसो हो भनिराखे । पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’

प्रश्न उठछ माधव नेपाललाई निर्दोष सावित गर्ने प्रचण्ड प्रधानमन्त्री कि न्यायाधीश रु पहिलो त सरकारले माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्नै चाहेको थिएन । सर्वोच्च अदालतले मन्त्रिपरिषद्का निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० ले घरमै गएर बयान लियो । जुन बयान भन्दा पनि औपचारिकता थियो । अर्कोतिर यो मुद्दामा सिआइबीले संगठित अपराधमा अनुसन्धान गरेको हो । तर, सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्दा यति कमजोर बनाइयो कि सरकारी कागजात कीर्तेमा चलाइयो ।अर्को रोचक त मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने कर्मचारीमाथि मुद्दा चलाइएको छ । तर, मन्त्रिपरिषद्का अध्यक्ष अर्थात् प्रधानमन्त्री र सदस्यसचिव अर्थात् मुख्यसचिवलाई जोगाइएको छ ।

भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा अभियान चालिएको बताउने प्रचण्डले सत्ता जोगाउन तुरुप फालेको प्रष्ट हुन्छ । उनले भनन्ने गरेका छन्, ‘कांग्रेस र एमालेलाई मात्रै हान्छ, आफ्ना नेतालाई छोड्छ भन्ने थियो, त्यो होइन । सिआइबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु ।’ तर, प्रचण्ड कसरी माधव नेपालका अगाडि गलेका छन् भनेर सत्ता गठबन्धनको बैठक हेर्दा पुग्छ ।

सर्वोच्चको आदेशपछि सिआइबीले तत्कालीन प्रधानमन्त्रीको बयान लिने तयारी गरेका बेला माधव नेपालले गठबन्धनको बैठकमा चर्को आलोचना गरे । पछि सर्वोच्चको आदेशमाथि सत्ता गठबन्धन नै खनियो । र, अहिले फेरि प्रचण्डले नै नेपाललाई निर्दोष सावित गरिदिए ।

  • प्रकाशित मिति : भदौ १६, २०८०, शनिवार ०७:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८