• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

क्यान्सर अस्पताल भरतपुरको निर्देशकमा डा शिवजी पौडेल

  • खबरदाता

क्यान्सर अस्पताल भरतपुरको निर्देशकमा डा शिवजी पौडेल

भदौ ११, २०८०

 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा शिवजी पौडेल नियुक्त भएका छन्। निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक नम्बरमा सिफारिस गरेको थियो।

उपसमितिले डा पौडेलसहित डा कृष्णसागर शर्मा र प्रदिप न्यौपानेको नाम सिफारिस गरेको थियो। सिफारिस भएका नाममध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलका नाममा सर्वसम्मत नियुक्त गरेको हो।

अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा मदन उपाध्याय, डा प्रदीप ज्ञवाली र डा दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय उपसमिति गठन गरेको थियो। सोही उपसमितिले आइतबार राति डा पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो।

डा पौडेल क्यान्सर अस्पतालका रेडियसन अंकोलोजिष्ट हुन्। उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष समेत हुन्।

  • प्रकाशित मिति : भदौ ११, २०८०, सोमवार ०७:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८