भदौ ८,२०८०
सवारी दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्बत दुर्लाङ – १ धौलागिरीका हर्क बहादुर सुनार रहेका छन।
प्रहरीले जनाए अनुसार शुक्रवार दिउँसो अन्दाजी २ बजेको समयमा उक्त सडक खण्डको पन्ध्र किलोमा मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ग १६ प ६९६८ मोटरसाइकलले बा-प्र-०१-००४ क ०५७३ नम्बरको दुध बोक्ने ट्याङकरलाई ओभरट्याक गर्ने क्रममा ठक्कर खान जाँदा मोसा चालक ५८ बर्षका घाइते भएका थिए ।
निजको उपचारका क्रममा नँया मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
मोटरसाइकल पछाडी सवार शिवपुरी गा.पा. ६ नुवाकोट बस्ने बर्ष २९ को सुबास तामाङको सोहि अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ।
दुवै सवारी साधन र ट्याङकर चालक भक्तपुर न.पा.८ बस्ने बर्ष ४२ को दिपक लाखेमरु प्रहरीको नियन्त्रणमा छन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८