• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अवरोध सदनबारे प्रधानमन्त्री दाहालले सदनमा सहभागी सबै दलका नेतासँग छलफल गर्दै

  • खबरदाता

अवरोध सदनबारे प्रधानमन्त्री दाहालले सदनमा सहभागी सबै दलका नेतासँग छलफल गर्दै

भदौ- ३, २०८०

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद अवरोधबारे सदनमा सहभागी सबै दलका नेतासँग छलफल गर्दैछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आइतबार मन्ध्यान्ह साढे १२ बजे प्रधानमन्त्री दाहालले पार्टीका संसदीय दलका प्रमुखसँग छलफल गर्न लागेका प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

मंसिरमा भएको गत आम निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका छन्।

सोहि दलका संसदीय दलका प्रमुखसँग प्रचण्डले छलफल गर्न लागेका हुन्।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ।

अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै आएका छन् । तर दलहरुबीच सहमति नजुटेकाले आज दिउँसो १ बजे बोलाइएको संसद बैठक पनि बस्ने नबस्ने अझै अनिश्चित छ।

  • प्रकाशित मिति : भदौ ३, २०८०, आइतवार १२:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८