• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अँखा पाक्ने रोग फैलिएपछि भरतपुरका विद्यालयहरु ५ दिन बन्द

  • खबरदाता

अँखा पाक्ने रोग फैलिएपछि भरतपुरका विद्यालयहरु ५ दिन बन्द

साउन २१,२०८०

 

भरतपुर – आखाँ पाक्ने रोग फैलिपछि भरतपुर महानगरपालिकाका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।

अँखा पाक्ने रोगको संक्रमण चितवनमा पनि बढ्दै गएको र विद्यालयहरुमा समेत यसको असर बढ्दै गएको पाइएपछि महानगरका सबै विद्यालयहरु पाँचदिनका लागि बन्द गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालद्धारा जारी सूचनामा हिउदे वा वर्षे विदाबाट मिलान हुने गरि साउन २२ देखि २६ गते सम्म विद्यालयहरु बन्द गर्न आग्रह गरिएको छ ।

  • प्रकाशित मिति : साउन २१, २०८०, आइतवार १६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८