साउन १६,२०८०
नारायणगड- मुग्लिङ सडकमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन।
प्रहरीले जनाए अनुसार मंगलबार दिउँसो २ : २० बजेको समयमा उक्त सडक खण्डको गाईघाटमा मुग्लिङ बाट नारायणगढ तर्फ आउदै गरेको ना ६ ख ५६४२ नं. को ट्रक र बिपरित दिशाबाट जाँदै गरेको लु ३८ प ६२७० नं. को मोटरसाइकल दुर्घटना भएका हुन।
मोटरसाइकलमा सवार जिल्ला मस्याङ ४ पाल्पा बस्ने बर्ष ३५ को सरोज दर्लामी ९निजको साथमा भएको लाईसेन्स अनुसार० लाई उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भको हो भने अर्का पाल्पा घर बताउने बर्ष २४ को चेतन आलेको गम्भीर अबस्थामा नँया मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुबै सवारी साधन नियन्त्रणमा रहेको ट्रक चालक पर्सा सकुवा १ बस्ने बर्ष ४०को बिर बहादुर लामा प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८