• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको निधन

  • खबरदाता

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको निधन

असार २७,२०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ।

उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथली ले जानकारी दियो।

प्रधानमन्त्रीपत्नी सीता दाहालको अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्‍याइएको थियो। अस्पतालले मृत घोषणा गरेको हो।

उनको पार्थिव शरीर बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ।

उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ।

  • प्रकाशित मिति : असार २७, २०८०, बुधवार ०९:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८