असार २५,२०८०
भरतपुर – पत्रकारको सदस्यता वितरणमा असहमति जनाउँदै समाजबादी प्रेस संगठनले पत्रकार महासंघ चितवनमा तालाबन्दी गरेको छ।
सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै राजनैतिक पहुँचका आधारमा सदस्यता वितरण गरिएकोमा बिरोध गर्नु परेको जनाइएको छ।
आफ्ना मागहरु पुरा नभए सम्म तालाबन्दी यथावत रहने बिज्ञप्तिमा जनाइएको छ।
सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको बिरोध गर्दै प्रेस चौतारीले यस अघिने महासंघको कार्यालयमा तालाबन्दी गरेको थियो।
महासंघले २ सय ६४ पुराना सदस्य मध्ये १६४ जना र १ सय ३९ नयाँ आबेदन मध्ये १६ जनाको मात्र नाम प्रदेश समिति समक्ष सिफारिस गरेको थियो।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८