• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जिल्ला सभापतिको भेलाबाट महामन्त्री दंग र सभापति झसङग

  • खबरदाता

जिल्ला सभापतिको भेलाबाट महामन्त्री दंग र सभापति झसङग

असार २४, २०८०

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको दुई दिने भेला हालै सम्पन्न भएको छ । कांग्रेस सत्ता गठबन्धनको मुख्य साझेदार दल हो । तर उसको गतिविधि भने गुपचुप किसिमको छ । सभापतिकै सल्लाह र समन्वयमा यो सम्मेलन भएको भनिए पनि दुई दिन सम्म चलेको भेलामा देउवा मुख देखाउन पनि पुगेनन् ।तसर्थ यस घटनाले कांग्रेसभित्र गुटगत विवाद चरम विन्दुमा छ भन्ने कुरा स्पष्ट हुन्छ ।

भेलामा सहभागि हुन ४२ जिल्ला सभापति काठमाडौं आएका थिए भने बाँकी जूमबाटै जोडिएका थिए । सभापति देउवाले भर्चुअल जोडिन पनि इच्छा देखाएनन् ।महामन्त्री गगन थापाले सभापतिले पद छाड्नुपर्ने भन्दै आक्रामक अभिव्यक्ति दिइरहेको बेला जिल्ला सभापतिहरूलाई सम्बोधन गरेर आफ्नो अडान राख्ने मौका देउवाले किन उपयोग गरेनन् भन्ने प्रश्न उठेको छ । संस्थापन इतर समूहले सभापतिमाथि दबाब बढाइरहेको र केही नेताहरूले रुपान्तरण अभियानको नाममा नेतृत्वविरुद्ध देशभर कार्यक्रम गरिरहेका छन् । बिहीबार र शुक्रबार सानेपामा देउवाको खोजी भयो तर, देउवा भेटिएनन् ।

बरु महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सम्मेलनका निष्कर्षहरू सभापतिलाई आफूहरूले सुनाउने भन्दै जिल्ला सभापतिहरूलाई सम्झाउनुपर्ने अवस्था आयो ।यसरी सभापति कार्यक्रममा नआएपछि केही जिल्ला सभापति उनकै निवासमा पुगेका थिए ।सभापति देउवानिकट नेताहरूका अनुसार, देउवा जिल्ला सभापति सम्मेलनको पक्षमा थिएनन् ।

देउवा आफ्नो पार्टीको कार्यक्रममै नगएर अर्को ठाउँमा जानुपर्ने कार्यक्रम भने केही देखिएको छैन ।नक्कली भुटानी शरणार्थी प्रकरणदेखि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे कांग्रेसले मौनता साँधेको छ ।बैठकमा पार्टी, नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयहरूलाई आसन्न केन्द्रीय कार्य समितिको बैठकमा लैजाने भएको छ ।

  • प्रकाशित मिति : असार २४, २०८०, आइतवार ०६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८