असार २३,२०८०
भरतपुर – पत्रकार छनौट प्रक्रिया गलत भएको भन्दै प्रेस चौतारी चितवनले बिरोध जनाएको छ।
सनिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यको नामावली र पुराना सदस्य नबिकर प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उसले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ।
पत्रकार महासंघ चितवनले सदस्यता नवीकरणको नाममा प्रदेश समितीमा पठाएको नामावलीमा चितवन जिल्लामा क्रियाशिला रहेका पत्रकार पत्रकार महासंघको स्थापनामा बिशिस्ट योगदान गरेका र पत्रकारिता क्षेत्रमा अनुसन्धान गरिरहेका पत्रकारहरुको नामनै काटेर बागमती प्रदेश समितिमा पठाएको सुची तत्काल खारेजीको तत्काल माग गर्दछौ । बिज्ञप्तिमा भनिएको छ।
महासंघले २ सय ६४ पुराना सदस्य मध्ये १६४ जना र १ सय ३९ नयाँ आबेदन मध्ये १६ जनाको मात्र नाम प्रदेश समिति समक्ष सिफारिस गरेको थियो।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८