• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

रास्वपाले किन सांसदहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दैछ?

  • खबरदाता

रास्वपाले किन सांसदहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दैछ?

असार १९,२०८०

 

प्रतिनिधिसभामा चौंथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ । यसअघि रास्वपाले सांसदहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थिएन । ‘पार्टी निर्माणमा सांसदको महत्त्वपूर्ण भूमिका हुने भएकाले केन्द्रीय सदस्यको जिम्मेवारी दिने निष्कर्षमा पार्टी पुगेको हो ।

हाल रास्वपाको ३९ सदस्यीय केन्द्रीय समिति छ । केन्द्रीय समितिलाई समावेशी बनाउने गरी सदस्यहरू मनोनीत गरिने पार्टी प्रवक्ता डा मुकुल ढकाल बताउँछन् । रास्वपाको केन्द्रीय समिति समावेशी नभएको गुनसो आउने गरेको छ । संसदमा रास्वपाका २१ सांसद छन् । जसमा ६ जना मात्र केन्द्रीय समितिमा छन् ।सभापति रवि लामिछने, उपसभापति डोलप्रसाद अर्याल, सदस्यहरू सोविता गौतम, गणेश पराजुली, सुमना श्रेष्ठ, विन्दबासिनी कंसाकार संसद र केन्द्रीय समिति दुवैमा छन् । विधानअनुसार रास्वपाले १२१ सदस्यीय केन्द्रीय समिति बनाउन सक्नेछ ।

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने चर्चा पनि छ ।हाल डोलप्रसाद अर्याल उपसभापति छन् । सांसद वाग्लेलाई पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिन रास्वपा तयार छ तर कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय गरेको छैन ।रास्वपाले वाग्लेलाई केन्द्रीय अर्थ विभागको जिम्मेवारी पनि दिएको छ ।रास्वपाले विधानअनुसार आगामी मंसिरभित्र महाधिवेशन गर्ने तयारी छ । रास्वपाले ७४ जिल्लामा संगठन विस्तार गरिसकेको छ । पार्टीलाई क्रियाशील बनाउन रास्वपाले ३६ वटा केन्द्रीय विभाग बनाएको छ । तर, विभागले प्रभावकारी काम गरेका छैनन् ।

  • प्रकाशित मिति : असार १९, २०८०, मंगलवार ०५:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८