असार ३,२०८०
चितवन- वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले समयमा अस्पताल नआउने चिकित्सक कर्मचारीलाई कमरवाही गर्न निर्देशन दिएका छन।
भरतपुरको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण अनुगमन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समयमा अस्पताल नआउने र अस्पताल आएर पनि कार्यालमा नबस्ने चिकित्सक, कर्मचारीलाई कारवाहि गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन ।
निरिक्षणका क्रममा चिकित्सक, कर्मचारीहरु कार्यकक्षमा नभेटिएको भन्दै उनले भने , ‘कार्यालयमा काम नगर्ने भए घर बसे हुन्छ । विरामी र सेवाग्राहिले सेवा पाउन रोकिनु हुँदैन ।’ अस्पतालको सेवाका बारेमा हरेक हप्ता अस्पताल प्रशासनले सार्वजनिक गर्नुपर्ने उनको भनाई थियो । कुन चिकित्सक कचि खेर भेट्न सकिन्छ भन्ने बिषयमा समेत खुलायर सूचना गर्ने गर्दा बिरामीको चाप कम हुने उनको भनाई थियो । अस्पतालमा भएको बिरामीको चाप कम गर्न तर्फ अस्पताल प्रशासनको ध्यान दिनुपर्ने उनले वताए।
अस्पताल संचालक समितिका अध्यक्ष डा।बिजय न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री जोशीले अस्पताल भित्र हुने गरेको आर्थिक अनियमितता रोक्न संचालक समितिले रोक्नु पर्ने बताए । अस्पतालका बिषयमा उठेका प्रश्नको समाधान गर्न तर्फ लाग्नु पर्ने उनको भनाई थियो । अस्पतालले दिदै आएको सेवा सुबिधालाई अझै व्यवस्थित गर्नु पर्नेमा उनले जोड दिए । सो अबसरमा अस्पताल सुधारका बिषयमा स्थानिय, अस्पतालका बिभागीय प्रमुखहरु, अस्पताल प्रशासन लगाएतका संग छलफल भएको थियो ।
सो अबसरमा अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. देज कुमार गौतम, उपनिर्देशक कृष्णसागर शर्मा, नेपाल स्वास्थ्य कर्मी संघका अध्यक्ष रमेश पौडेल लगायतले बोलेका थियो ।
कार्यक्रममा मन्त्री जोशीले अस्पतालको गुरुयोजना अनुसार काम गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । संघिय सरकार संग समेत यस बिषयमा छलफल गर्ने वातावरण तयार गर्न आफू तयार रहेको उनले बिश्वास दिलाए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८