• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

राष्ट्रपति पौडेललाई आज डिस्चार्ज गरिदै

  • खबरदाता

राष्ट्रपति पौडेललाई आज डिस्चार्ज गरिदै

जेठ ३१,२०८०

 

राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन ।

अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म निगरानीमा राखिएको थियो ।

स्वास्थ्य सामान्य भएकोले आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले जानकारी दिए।

  • प्रकाशित मिति : जेठ ३१, २०८०, बुधवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८