• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

ट्रकको ठक्करबाट राप्तीमा एक  साइकल यात्रीको मृत्यु

  • खबरदाता

ट्रकको ठक्करबाट राप्तीमा एक  साइकल यात्रीको मृत्यु

जेठ १७,२०८०

 

चितवनको राप्तीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ।

ज्यान जानेमा राप्ती नगरपालिका ४ बस्ने बर्ष ६५ का हरि पाण्डे रहेका छन।

प्रहरीका अनुसार मंगलबार राती ९:४५ बजेको समयमा राप्ती ४ स्थिति मार्तल पुल नजिकै पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा.प्र. ०३-००१ ख १८६३ न. को ट्रकले साईकल यात्री पाण्डेलाई ठक्कर दिएको हो।

निजको टाउको,अनुहार,हात खुट्टामा चोट लागि उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएकोमा राती १०: ३० बजे मृत्यु भएको थियो।

ठक्कर दिने ट्रक र ट्रक चालक जिल्ला मकवानपुर हेटौडा ९ बस्ने बर्ष २५ को दिपेश अधिकारी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

  • प्रकाशित मिति : जेठ १७, २०८०, बुधवार ०७:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८