• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुतेकै ठाउँमा सर्पले टोकेर दाजुभाइको मृत्यु

  • रासस

सुतेकै ठाउँमा सर्पले टोकेर दाजुभाइको मृत्यु

जेठ १६,२०८०

 

सिन्धुलीमा सर्पदंशबाट २ जना बालकको मृत्यु भएको छ।

दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सर्पदं‌शबाट २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

मृतक सोही ठाउँका १३ वर्षीय ग्रीस पहाडी र उनका ३ वर्षीय भाइ ग्रीष्म पहाडी छन्।

सोमबार राति उनीहरू आफ्नी २९ वर्षीया आमा गंगा पहाडीसँग एक तले पक्की घरमा सुतिरहेका थिए। मंगलबार बिहान करिब ३ बजे दुबै बालक छटपटाइरहेका थिए।

ग्रीसको बाँया हातको औंलामा र ग्रीष्मको बाँया खुट्टामा निलडाम देखिएको थियो। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुरमा लगिएको थियो।

उपचारको क्रममा चिकित्सकले आज बिहान ८ बजे दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

  • प्रकाशित मिति : जेठ १६, २०८०, मंगलवार १३:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८