• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

चेन्नई सुपर किङ्ग्सले जित्यो आईपीएलको उपाधि

  • खबरदाता

चेन्नई सुपर किङ्ग्सले जित्यो आईपीएलको उपाधि

जेठ १६,२०८०

 

 

गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो। २१५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो ।

वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो। जुन चेन्नईले ५ विकेट गुमाएर पुरा गरेको थियो। राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो । पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हान्यो र ५ विकेटले विजयी भयो ।

  • प्रकाशित मिति : जेठ १६, २०८०, मंगलवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८