
जेष्ठ १३, २०८०
भरतपुर । नेकपा (एकीकृत समाजवादी) को भरतपुर महानगरकमिटी बैठक सम्पन्न भएको छ। दुई दिनसम्म चलेको बैठकमा अहिलेको समसामायिक विषयमा छलफल भएको नेकपा एसका चितवन जिल्ला प्रचार प्रसार संयोजक हरीअधिकारीले जानकारी दिए ।
भरतपुर महानगरकमिटी अध्यक्ष तथा २२ न वडाका वडा अध्यक्ष बिष्णुराजं महतोको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टी स्थायी कमिटी सदस्य हरी पराजुली प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा अतिथिहरु चितवन जिल्ला अध्यक्ष अरुण पीडित भण्डारी , उपाध्यक्ष कृष्णराज न्यौपाने (लब्ली), उप–सचिव ,सचिव, पार्टी सम्बद्ध जनसंगठका प्रतिनिधिहरू लगायत उपस्थिती रहेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८