• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ताप्लेजुङमा स्कारपिओ दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु

  • रासस

ताप्लेजुङमा स्कारपिओ दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु

जेठ १२, २०८०

 

ताप्लेजुङमा सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ।

आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिए।

सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते भएका छन्।

उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताए।

दुर्घटनामा घाइते भएका अंशुमानलाई जिल्ला अस्पताल पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए।

  • प्रकाशित मिति : जेठ १२, २०८०, शुक्रवार १३:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८