• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

२१ बुँदे सहमतिको पालना गर्दै भारतीय पक्ष

  • खबरदाता

२१ बुँदे सहमतिको पालना गर्दै भारतीय पक्ष

जेठ ९,२०८०

 

गण्डक नदी नियन्त्रण सङ्घर्ष समिति पश्चिम नवलपरासीले २०६५ सालमा गरेको आन्दोलनपछि भारतीय पक्ष बाध्य भएर गरेको २१बुँदे सहमतिको पालना गर्ने उपक्रम सुरु भएको छ ।

गण्डकपीडितहरूले गरेको ३४ दिनको कठोर आन्दोलनपश्चात् भारतीय सिंचाइ विभागले नेपाली भूमिबाट बग्ने पहाडी खोलाको पानी व्यवस्थापन, सडक मरम्मत र बि-ग्याप बाँधमा रहेको ठोकर र तटबन्धलगायत निर्माण कार्य सुरु गर्दै आएको छ ।

पछिल्लो समय सुस्ता गाउँपालिकाअन्तर्गत रहेको बि-ग्याप बाँधको चौडाइ र उचाई बढाउने कार्यलाई हाल उत्तर प्रदेश सिंचाइ कार्यालयले प्राथमिकतामा राखी सो कार्यको लागि टेन्डरद्वारा निर्माण कार्य अगाडि बढाएको बुझिएको छ ।

वर्षाको समय आउन केही समय बाँकी रहँदा बि(ग्याप बाँधको चौडाइ र उचाई बढाउन आवश्यक गिट्टी, ढुङ्गा, बालुवा उपलब्ध गराउनेबारे विवाद चुलिएको जानकारीमा आएको छ ।

भारतीय पक्षले नेपालभूमिमा निर्माण कार्य गर्दा नेपाली पक्षले प्रकृयाअनुसार बालुवा, ढुङ्गा उपलब्ध गराउनुपर्नेमा नेपाली पक्षबाट नदीजन्य सामाग्री उपलब्ध नगराइएको भनी भारतीय ठेकेदार र प्राविधिकहरूले निर्माण कार्य बन्द गर्ने धम्की दिन थालेको बुझिएको छ ।

बि(ग्याप बाँधमा हुने निर्माण कार्य वर्षापूर्व नै नभए बाँध भत्किने सम्भावना बढ्ने र ठूलो धनमालको क्षति हुन सक्ने अवस्था रोक्न समयमै निर्माण सामाग्री उपलब्ध गराउन स्थानीय स्तरबाट दबाबमूलक कार्य हुन थालेको पनि जानकारीमा आएको छ ।

गण्डकपीडितहरूको प्रतिनिधिमुलक संस्था गण्डक नदी संघर्ष समितिले आवश्यक समन्वय गर्न सरोकारवाला निकासँग समन्वयको प्रक्रिया अगाडि बढाएको छ ।

गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय र सिंचाइ डिभिजन कार्यालय सेमरीलाई आवश्यक समन्वय गर्न पत्रचार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले विधि र प्रक्रियाअनुसार निर्माण कार्य गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने आश्वासन दिए ।

उता जिल्ला समन्वय समितिका प्रमुख भगवतिप्रसाद यादवले भारतीय पक्षले निर्माण कार्यको कुल लागत स्टिमेट नेपाली पक्षलाई दिइनुपर्ने र निर्माण कार्यले निरन्तरता पाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

गण्डक क्षेत्रमा हुने मर्मतरनिर्माण कार्यमा सम्पर्क तथा भूआर्जन अधिकृतले नेपाल-भारतबीच समन्वयकारी भूमिका नखेलेको भनी संघर्ष समितिले आरोप लगाएको छ ।

बि(ग्याप बाँधमा हुने निर्माण कार्य अहिले नभए कहिल्यै नहुने भन्ने निष्कर्ष पनि गण्डकपीडितहरूले निकालेका छन् । यस विषयमा सुस्ता गाउँपालिकाले पनि विधि र प्रकृयाअनुसार समन्वयकारी भूमिका नखेलेको संघर्ष समितिले आरोप लगाउँदै आएको छ ।

  • प्रकाशित मिति : जेठ ९, २०८०, मंगलवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८