• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

टिकौलीमा ट्रकले स्कुटरलाइ ठक्कर दिँदा एकको मृत्यु एक घाइते

  • खबरदाता

टिकौलीमा ट्रकले स्कुटरलाइ ठक्कर दिँदा एकको मृत्यु एक घाइते

जेठ ७,२०८०

 

भरतपुर – भरतपुरको टिकौलि जंगलमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन।

मृत्यु हुनेमा स्कुटर चालक भरतपुर ११ बस्ने बर्ष २० का सागर तामाङ रहेको प्रहरीले जनाएको छ। यस्तै स्कुटरको पछाडि सवार सोही स्थान बस्ने बर्ष २० का बिशान्त ढकालको गम्भीर अबस्थामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार आइतबार बिहान ११स४० बजेको समयमा भरतपुर १२ स्थिति टिकौली जंगलमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको ना ४ ख ६६७४ नं को ट्रकले सोही दिशा बाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ७६८८ नं.को स्कुटरलाई पछाडी बाट ठक्कर दिएको थियो ।

  • प्रकाशित मिति : जेठ ७, २०८०, आइतवार १३:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८