• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिम्रिक एअरको हेलिकप्टर दुर्घटना : १ जनाको ज्यान गयो

  • खबरदाता

सिम्रिक एअरको हेलिकप्टर दुर्घटना : १ जनाको ज्यान गयो

बैशाख २२,२०८०

 

सङ्खुवासभा – सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।

हेलिकप्टरमा रहेका चार जना गम्भीर घाइते भएका उनले बताए । आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला–४ हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएकाछ ।

  • प्रकाशित मिति : वैशाख २२, २०८०, शुक्रवार १६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८