बैशाख १०,२०८०
भरतपुर – उपनिर्वाचन भइरहेको चितवन २ मा शान्तिपूर्ण मतदान भइरहेको छ।
भरतपुरका १० वटा वडा , कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्ने यो छेत्रमा ४३ मतदान स्थल र १ सय ३८ मतदान केन्द्र रहेका छन।
यहाँको कुल मतदान संख्या एक लाख २४ हजार ६९५ रहेको छ ।
उपनिर्वाचन हुने बारा २ र तनहुँ १ मा पनि शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । निर्वाचन हुने तीन वटै क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८