• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बैतडीमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

  • खबरदाता

बैतडीमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

चैत्र २९, २०७९

 

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।

गए राति पाटन नगरपालिका वडा नम्बर ८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट जिप खसेको थियो।

पाटन नगरपालिका ८ का अध्यक्ष हरिश बिष्टले जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको  बताए।

‘दुर्घटनामा परेर ६ जनाको मृत्यु भयो। मृतकहरू सबै एकै गाउँको रहेको पाइएको छ,’ उनले भने, ‘चार जनाले हामफालेर ज्यान जोगाएका छन्, उनीहरूको अवस्था सामान्य छ।’

प्रहरीका अनुसार से १ ज ७६४ नम्बरको जिप दुर्घटनामा परेको हो। यो जिप झुलाघाटबाट बझाङस्थित बाग्थला जाने क्रममा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर नरे बोहरा, गोरख बोहरा, मने बोहरा, वीरे धामी, बिर्ख धामी र मानबहादुर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू बझाङस्थित केदारस्युँ गाउँपालिका वडा नम्बर ५ बाँझ भन्ने गाउँका भएको खुलेको छ।

जिपका चालक सम्पर्कविहीन भएकोले खोजी कार्य जारी रहेको बैतडी प्रहरीको भनाइ छ।

  • प्रकाशित मिति : चैत २९, २०७९, बुधवार ०७:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८