
चैत २७, २०७९
चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी चितवन जिल्ला कमिटिको अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ । यात्रा समृध्रीको ,लक्ष्य समाजवादकोु नारा दिएको उक्त कार्यकर्ता भेला एकीकृत समाजबादी जिल्ला कमिटि चितवनको आयोजनमा सम्पन्न भएको हो ।
नेकपा एकीकृत समाजबादी जिल्ला कमिटि चितवनका नव निर्वाचित अध्यक्ष अरुण पीडित भण्डारीको अध्यक्षता र नेकपा एकीकृत समाजबादीका महासचिव घनश्याम भुषालको प्रमुख आतिथ्यमा सम्पन्न अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव भुसालले नेकपा एकीकृत समाजबादीले कम्युनिष्ट आन्दोलनको उपलब्धी रक्षा गर्ने बताए ।भुषालले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै केपि ओली र केपि ओली प्रवृत्तिले नेकपा एमालेबाट बिद्रोह गर्नु परेको जिकिर गरेका थिए । ६० बर्षको उपलब्धी , नेपालमा कम्युनिष्ट आन्दोलनका उपलब्धी नै गुम्ने खतरा भए पछि बिद्रोहको विकल्प नरहेको उनले बताए । राजनीतिक दलहरुले जनताले खोजेको नयाँ जिन्दगी अगुवा कार्यकर्ता भेला दिन नसकेर गत निर्वाचनमा स्वतन्त्रको जरो बडेको बताए। एकीकृत समाजबादीले गत निर्वाचनमा थोरै सिट जितेकै कारणबाट मनोवल कमजोर नबनाउनअगुवा कार्यकर्तालाई आस्वस्त पार्दै बिगतमा एमाले फुटेर माले बन्दा एक सिट पनि नजितेको जिकिर गरेका थिए ।

महासचिव भुसालका अनुसार नेकपा एमाले अहिले ओली गुटको ब्रेन ट्युमरले थल्ला परेको पार्टिको रुपमा मात्र रहेकोले कम्युनिष्ट आन्दोलनको उपलब्धीको रक्षा गर्न बाम एकताको बिकल्प नरहेको बताए ।
उक्त कार्यक्रममा कल्पना सापकोटाले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य सार्थै आफ्नो धारणा राखेका थिए भने कोपिला उपरकोटी र कर्ण बहादुर बि. क.ले खादा लगाइदिएका थिए । अगुवा कार्यकर्ता भेलामा कृष्ण राज न्यौपाने (लव्ली) ले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै आफ्नो मन्तव्य राखेका थिए ।

कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादी जिल्ला कमिटि चितवनको इन्चार्ज एवम पुर्व मन्त्री तथा बाग्मती प्रदेश सभा सद्स्य कृष्ण खनालले पार्टीका सबै अगुवा कार्यकर्ताहरुलाई इमान्दारी पूर्वक गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका थिए । अगुवा कार्यकर्ता भेलालाई समाजबादी जिल्ला कमिटि चितवनको पुर्व अध्यक्ष तथा पोलिटिव्युरो सदस्य डा.कृष्ण राज पन्त ,ललित बस्नेत लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए ।
पार्टीका जिल्ला सचिव कुल प्रसाद लामिछानेले उक्त कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा पार्टीका नेताहरु,अगुवा कार्यकर्ता ,विभिन्न जन वर्गिय संगठनका प्रतिनिधि तथा पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८