चैत २५,२०७९
धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलीप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरको टेल रोटर (पुच्छरको पंखा) मा क्षति पुगेको छ ।
एयर डाइनास्टीका एक प्रबन्धकका अनुसार एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टर ह्याम्स अस्पतालका चिकित्सकसहित उपकरण राखेर बिरामीलाई लिन भरतपुर जाने तयारीमा थियो । तर अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा टेल रोटरमा क्षति पुगेपछि उक्त हेलिकोप्टर तत्कालका लागि मर्मत गर्नुपर्ने भएको बताइएको छ ।
भरतपुरका बिरामीलाई लिनका लागि अर्को कम्पनीको हेलिकोप्टर पठाइएको ती प्रबन्धकले बताए ।
शनिबार दिउँसो २ बजेको यस घटनामा मानवीय क्षति भने भएको छैन । उक्त हेलिकोप्टर हाल अस्पतालको हेलिप्याडमै राखिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८