चैत २२,२०७९
चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।
लामिछानेको उम्मेदवारी विरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दावी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो । उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दावी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ ।
लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजरी गरेका युवराज खत्री सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाईको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले रातोपाटीलाई जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८