• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला एक लाख ११ हजार

  • खबरदाता

सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला एक लाख ११ हजार

चैत २२,२०७९

 

 

सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यसअघि यही चैत ५ गते उक्त सुनको मूल्य उच्च रहँदै प्रतितोला रु एक लाख १० हजार पुगेको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार चार सय ५० छ । उक्त सुन अघिल्लो दिन रू एक लाख आठ हजार पाँचसयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४० ले बढेर रु एक हजार चार सय ४० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तराष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • प्रकाशित मिति : चैत २२, २०७९, बुधवार १५:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८