• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खबरदाता

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु

चैत २१,२०७९

 

चितवन – मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चितवन प्रहरीका अनुसार सोमबार राति करिब ८स्४५ बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका ३ चुमलिङटार स्थित पृथ्विराजमार्गमा उक्त दुर्घटना भएको हो।

चुम्लिङटारबाट धादिङ हुग्दि खोला तर्फ जाँदै गरेको बा ५६ प २९८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई भितामा ठोकिदा मोटरसाइकल चालक धादिङ वेनिघाट रोलाङ गा।पा ३ बस्ने २४ वर्ष को अन्जन सिलवालको मृत्यु भएको हो।

सिलवालको उपचारका क्रममा राति १०स्२५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : चैत २१, २०७९, मंगलवार ०९:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८