• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मध्यरातमा मन्त्रालय प्रवेश गरी करको दर हेरफेर गराउने घिमिरेविरुद्ध मुद्दा दायर

  • खबरदाता

मध्यरातमा मन्त्रालय प्रवेश गरी करको दर हेरफेर गराउने घिमिरेविरुद्ध मुद्दा दायर

चैत- २०, २०७९

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई करोड १४ लाख ४६ हजार छ सय ५७ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भन्सार विभागका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री रहेका बेला मध्यरातमा अर्थमन्त्रालय प्रवेश गरेर करको दर हेरफेर गर्न सघाएका पूर्व नायब सुब्बा घिमिरेमाथि अख्तियारले आइतबार मुद्दा दायर गरेको हो ।

‘घिमिरेले रु सात करोड ३९ लाख सम्पत्ति जोडेका छन्, जसमध्ये उनको वैध आम्दानी रु पाँच करोड २५ लाख मात्र हो, रु दुई करोड १४ लाख ४६ हजार छ सय ५२ गैरकानूनी आर्जन गरेको देखिन्छ’, अख्तियारद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

विसं २०५२ देखि २०७९ सालसम्म सरकारी सेवामा रहेका घिमिरेले गैरकानूनी आर्जन गरेको सम्पत्ति श्रीमती शारदा गौतमको नाममा राखेको देखिएको छ । घिमिरेले विमानस्थल भन्सार, राजस्व अनुसन्धान विभागलगायतका निकायमा बसेर राजस्व छल्ने र गैरकानूनी काम गरी सम्पत्ति कमाएको अख्तियारको भनाइ छ ।

अख्तियारले तत्कालीन नासु घिमिरेले जागिर अवधिभर विभिन्न कार्यालयमा बसी करोडौँ सम्पत्ति कमाएर श्रीमतीलगायत परिवारका विभिन्न व्यक्तिको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीमा लगानी, शेयर खरिद, जग्गा खरिदलगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धानपछि मुद्दा दायर गरेको हो ।

  • प्रकाशित मिति : चैत २०, २०७९, सोमवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८