• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै

  • खबरदाता

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै

चैत १९, २०७९

 

आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ ।

निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुहुने निर्वाचन आयोगले जनाएको छ ।

रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो।

  • प्रकाशित मिति : चैत १९, २०७९, आइतवार १३:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८