• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026

फेरि बढ्यो कोरोना, एक सय ४२ जनामा सङ्क्रमण

  • खबरदाता

फेरि बढ्यो कोरोना, एक सय ४२ जनामा सङ्क्रमण

चैत्र १७,२०७९

 

नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६३ पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेकाले खुला सीमा नाका कारणले त्यसको असर नेपालमा परेको बताए । उनले खुला सीमा नाकाबाट सङ्क्रमित नेपाल भित्रिएको हुनाले सङ्क्रमण बढेको बताए ।

भारतको उत्तर प्रदेशमा सङ्क्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।

  • प्रकाशित मिति : चैत १७, २०७९, शुक्रवार १९:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८