चैत्र १०, २०७९
आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो ।
आजदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुने भएको छ । ३० वर्षे सेवा अवधिका कारण आइजीपी धीरज सिंह शुक्रबारदेखि अवकासमा जाने भएपछि नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको हो । आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन्। अहिले संगठनको माथिल्लो तहमा रहेकाहरु ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने कसरतमा छन् । त्यसका लागि सरकारले नयाँ ऐन ल्याउनुपर्ने छ । अहिले भने नियमावलीमा भएको ३० वर्षे सेवा अवधिलाई निलम्बन गरेर जान सकिने गरी छलफल भइरहेको गृह स्रोतको दाबी छ ।
प्रहरी नियमावली, २०७१ मा रहेको ३० वर्षे सेवावधि कायम रहे नेपाल प्रहरीका आइजिपी सिंह अवको पाँचदिनपछि९चैत ११० गते अवकाश जानेछन्। नियमावलीको नियम १२७ ९घ० मा प्रहरीनको अधिकतम् सेवावधि ३० वर्ष रहने प्रावधान छ। सोअनुसार ३० वर्ष सेवावधि पुगेका प्रहरी कर्मचारी अनिवार्य अवकाश जानुपर्छ।
राष्ट्रपति निर्वाचन अघि बनेको नयाँ सत्ता समीकरणका बीच सिंहले सेवा अवधि हटाउने चलखेल थालेको प्रहरी उच्च स्रोतको दाबी छ काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्नेलगायतलाई आधार मानेर नेपाल सरकारले आइजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन्।‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ,’ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई।’ पछिल्लो समयमा गृह मन्त्रालयले सरुवाबढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ।
गत सोमबार एआइजी भएका पाँचै जना गत असारमा मात्र डिआइजी भएका थिए । एक वर्ष नपुग्दै एआइजी भएर उनीहरूमध्ये एक जना आइजिपी हुँदै छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८