• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कैलालीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

  • खबरदाता

कैलालीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

चैत्र ७,२०७९

 

धनगढी । कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् ।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो ।

जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन् । मृत्यु हुनेमा भजनी  की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास गरिरहेको छ ।

वर्दगोरीया अस्पतालमा उपचाररत घाइतेहरू,भजनी ९ बस्ने दोहती डगौरा,पेपी डगौरा,ज्योती चौधरी,मगुली चौधरी,मेदी डगौरा,मधु चौधरी,रुपा चौधरी,हिमान्सु चौधरी,अनिता चौधरी,रिदम चौधरी,आरोही चौधरी,तुन्नि चौधरी,ओली चरण चौधरी,रिवस चौधरी घोडाघोडी अस्पताल सुखडमा उपचाररत घाइतेहरू,भजनी ९ बस्ने रोहन चौधरी,कृष्णी देवी डगौरा,रत्ना चौधरी,आशा देवी डगौरा,सग्रामी चौधरी,विपिन चौधरी,फुलराम चौधरी,सन्तोष चौधरी,हिरा चौधरी,रिता चौधरी,क्षितिज चौधरी,अमन चौधरी,रिया चौधरी,बिरेन्द्र चौधरी,सानु चौधरी,अपेक्षा चौधरी,राकेश चौधरी,सबिन चौधरी।

  • प्रकाशित मिति : चैत ७, २०७९, मंगलवार ०६:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८