• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आयोगको अडानले उपराष्ट्रपतिमा जसपालाई पर्यो अप्ठ्यारो

  • खबरदाता

आयोगको अडानले उपराष्ट्रपतिमा जसपालाई पर्यो अप्ठ्यारो

फागुन २६,२०७९

 

 

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएसँगै अब उपराष्ट्रपतिमा संविधानको मर्म र भावनाअनुसार फरक समुदायबाट अनिवार्य रुपमा महिलाको प्रतिनिधित्व हुनुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आयोगले पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने भनेपछि यो विषय जटिल बन्ने देखिएको छ ।

आयोगले उपराष्ट्रपतिमा महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने भनेपछि पुरुषलाई उम्मेदवार बनाउने तयारी गरिरहेको जसपा अलमलमा परेको छ। संविधानको भावना अनुसार अब उपराष्ट्रपतिमा गैरखसआर्य समुदायबाट महिलालाई उठाउनैपर्छ ।

सत्तारुढ ८ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने सहमति जुटेको हुँदा सोही सहमति अनुसार जसपाले बिहीबार सांसद रामसहाय यादवलाई उपराष्ट्रपतिमा उठाउने औपचारिक निर्णय नै गरेको छ ।आयोग आफ्नो अडानबाट पछि नहटे जसपाले उपराष्ट्रपतिमा महिलालाई नै उठाउनुपर्ने हुन्छ । संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने’ भनिएको छ ।

निर्वाचन आयोगले संविधानको यही धारामा टेकेर राष्ट्रपति खस आर्य पुरुष हुँदा उपराष्ट्रपति महिला हुनुपर्ने जिकिर गरेको हो । त्यसैले राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति महिला हुनैपर्छ ।निर्वाचन आयोगले यस्तो तर्क गरिरहँदा राजनीतिक दलका नेताहरु भने राष्ट्रपति र उपराष्ट्रपति ‘फरक लिंग वा समुदायको हुनुपर्ने’ भनिएकाले समुदायमात्रै फरक हुँदा मान्य हुने दाबी गर्छन् ।

पहिलो राष्ट्रपति र उपराष्ट्रपति भने दुवै एउटै समुदायका पुरुषहरु डा। रामवरण यादव र परमानन्द झा निर्वाचित भएका थिए । उनीहरु अहिलेको संविधानअनुसार नभएर अन्तरिम संविधानको प्रावधानबाट राष्ट्रपति, उपराष्ट्रपति बनेका थिए ।अघिल्लो कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायबाट छानिएका थिए । राष्ट्रपतिमा खस आर्य समुदायकी महिला विद्यादेवी भण्डारी निर्वाचित हुँदा उपराष्ट्रपतिमा जनजाति पुरुष नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : फागुन २६, २०७९, शुक्रवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८