फागुन २०,२०७९
चितवन – उज्यालो टाइम्स मिडिया एन्ड एड्भरटाइजिङ प्रलिले आफ्नो दोस्रो साधारणसभा सम्पन्न गरेको छ।
शनिबार भरतपुरमा प्रालिले दोस्रो साधारणसभा सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले युवा पत्रकारहरुको समुहले संचालन गरेको मिडियाले आउँदा दिनमा सशक्तरुपमा समाचारहरु प्रकाशन गर्नेमा आफुले बिश्वास लिएको बताए ।
कार्यक्रममा पत्रकार सुवास पन्डित , अनिल ढकाल ,टिकादत्त तिमिल्सिना , नबिनबाबु मरहठा लगायतले आफ्नो मन्तब्य राख्दै शुभकामना दिएका थिए ।
कार्यक्रमको विशिष्ट अतिथि राहुल कुमार सिंह रहेका थिए भने प्रालिको निर्देशकमा सुकदेब काप्रि बिकाश लाइ नियुक्त गरिएको थियो ।
प्रालिका अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रालिका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८