फागुन १३, २०७९
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले आफूलाई राजीनामा दिन दबाब आएको जिकिर गरेका छन्।
मेयर बालेनले शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। मेयर साहले भनेका छन्, “मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्।”
उनले कसले किन राजीनामा गर्न दबाब दिएका छन् भन्ने खुलाएका छन्। बरु उनले देश नबन्ने जिकिर गरेका छन्।
काठमाडौंका मेयर बालेनले लेखेका छन्, “यो देश कहिले पनि बन्दैन।”
मेयर साहको भेरिफाइड अकाउन्टबाट शनिबार अपराह्न ३ बजे पोस्ट गरिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८