• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

  • खबरदाता

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

फागुन १३, २०७९

 

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँचरपाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानूनी व्यवस्था छ। राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ।

राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को ३३२ र सातै प्रदेशका प्रदेश सभा सदस्यको ५५० गरी कुल ८८२ कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ।

सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानूनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन्। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।

राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ।

  • प्रकाशित मिति : फागुन १३, २०७९, शनिवार १०:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८