• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

मलाई राष्ट्रपति बन्ने प्रस्ताव आएको छैनः माधव नेपाल 

  • खबरदाता

मलाई राष्ट्रपति बन्ने प्रस्ताव आएको छैनः माधव नेपाल 

फागुन ९ , २०७९

 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने ठोस प्रस्ताव नआएको बताएका छन्।

दाङको भालुवाङमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बाहिर हल्ला आए जस्तो आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन्।

“म आफैंले पनि राष्ट्रपति बन्ने कि नबन्ने भन्ने विषयमा अझै सोच बनाएको छैन‚” उनले भने, “यद्यपि‚ यो विषयमा विभिन्न दलहरूसँग छलफल भइरहेका छ।”

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेका समाचारहरू बाहिर आए पनि कतिपय कुरा पर्दाभित्र रहन दिंदा उपयुक्त हुने उनको भनाइ थियो।

  • प्रकाशित मिति : फागुन ९, २०७९, मंगलवार १४:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८