• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कुर्सी जोगाउन रेशम चौधरीको घरदेखि डिल्लीबजार कारागार सम्म

  • खबरदाता

कुर्सी जोगाउन रेशम चौधरीको घरदेखि डिल्लीबजार कारागार सम्म

फागुन १,२०७९

 

गठबन्धनबाट सुदूरपश्चिमका मुख्यमन्त्री बनेका एमाले नेता राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण ३० दिनमै सरकार ढल्यो । उनले २७ पुसमा मुख्यमन्त्री बनेका रावलले २६ माघमा मात्र विश्वासको मत लिएका थिए । प्रदेश सभामा निर्णायक रहेको उन्मुक्तिले आफ्नो ७ सांसदलाई काठमाडौंमै राखिदिएपछि सरकार ढल्यो ।

सोही दिन कांग्रेस नेता कमलबहादुर शाह मुख्यमन्त्री बने ।तर, यही अवस्था रहे शाहको कुर्सी पनि धेरै दिन टिक्ने छैन । किनकी उनलाई अहिलेको अवस्थामा एकीकृत समाजवादीका चार सांसद र एक स्वतन्त्र सांसदको मात्र साथ रहेको छ । सात सिट रहेको नागरिक उन्मुक्तिलेसाथ नदिए शाह नेतृत्वको सरकार पनि विश्वासको मत नै नपाएर ३० दिनमा ढल्नेछ । यो अवस्था बुझेका मुख्यमन्त्री शाहले तीन सदस्यीय मन्त्रिपरिषद् मात्र बनाएका छन् । उनी तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छैनन्, बरु टीकापुर घटनामा अदालतबाट दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई रिझाउन लागिपरेका छन् ।

शनिबार उनको घर कैलालीको जानकी गाउँपालिका–९ पुगेका शाहले परिवारसँग भेटेका थिए । र, आफूले चौधरीलाई रिहाइ गर्ने बताएका थिए । उनी आइतबार डिल्लीबजार कारागार पुगे । त्यहाँ चौधरीसँग भेटेका छन् ।निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि शाह संविधानको धारा १६८ ९३० बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका हुन् । शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । यदि उनले विश्वासको मत नपाए सरकार ढल्नेछ ।

शाहले नागरिक उन्मुक्तिको साथ नपाए माओवादी केन्द्रले साथ दिनुपर्ने हुन्छ । नत्र सरकार ढल्लनेछ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सिट आवश्यक पर्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १९, माओवादी केन्द्रका ११ (सभामुखसहित), नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रका एक–एकजना सांसद छन्।यसरी, कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

शनिबार उनको घर कैलालीको जानकी गाउँपालिका–९ पुगेका शाहले परिवारसँग भेटेका थिए । र, आफूले चौधरीलाई रिहाइ गर्ने बताएका थिए । उनी आइतबार डिल्लीबजार कारागार पुगे । त्यहाँ चौधरीसँग भेटेका छन् ।निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि शाह संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका हुन् । शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । यदि उनले विश्वासको मत नपाए सरकार ढल्नेछ ।

शाहलाई विश्वासको मत जुटाउन आवश्यक समन्वय गर्ने जिम्मेवारी कांग्रेसले सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई दिएको छ । सहमहामन्त्री अम्बिका चलाउनेले मुख्यमन्त्री शाहका लागि विश्वासको मत जुटाउनका लागि अन्य दलसँगै पार्टी नेतृत्वसँग समन्वय र छलफल गर्ने जिम्मेवारी प्रदेश सभापछि बलायरलाई दिने निर्णय गरेको जानकारी दिइन् ।

  • प्रकाशित मिति : फागुन १, २०७९, सोमवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८