• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सत्तापक्षकै मत बाझिँदा जबरा प्रकरण सेलाउने सम्भावना बढ्यो

  • खबरदाता

सत्तापक्षकै मत बाझिँदा जबरा प्रकरण सेलाउने सम्भावना बढ्यो

माघ १९, २०७९

 

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे सरकारमा रहेकै दलको मत बाझिन थालेको छ । खासगरी, नेकपा एमाले र माओवादीबीच जबराको महाअभियोगबारे विवाद देखापरेको छ ।

महाअभियोग दर्ता हुँदा यी दुवै पार्टीको धारणा फरक थियो । अहिले तिनै दलका सांसदको मत बाझिने गरेको छ । सत्ता पक्षकै सांसद र सभामुखको मत बाझिँदा जबरा प्रकरण सेलाउने सम्भावना बढ्दै गएको छ ।

प्रतिनिधिसभामा कुनै पनि विधेयक अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने अधिकार सभामुखलाई हुन्छ । तर सभामुख देवराज घिमिरे भने चोलेन्द्रको विषयलाई अघि बढाउन इच्छुक देखिँदैनन् । पुस २५ देखि सुरु भएको प्रतिनिधिसभाको बैठकलाई सरकारले बिजनेस दिन सकेको छैन ।

स‌ंसद्‌ले जबराविरुद्धको महाभियोगलाई नयाँ प्रतिनिधिसभाले टुंगो लगाउने ‍‌औपचारिक निर्णय नै भएको थियो ।तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोगको प्रस्ताव दर्ता भएको थियो ।

सामान्य अवस्थामा अघिल्लो प्रतिनिधिसभामा दर्ता भएका विधेयक नयाँ प्रतिनिधिसभा गठन भएपछि शून्यमा पुग्ने चलन छ ।, प्रतिनिधिसभामा सत्ता पक्षकै सांसद र सभामुखको मत बाझिँदा जबरा प्रकरण यत्तिकै सेलाउने सम्भावना बढेको छ ।

जबराले ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन् । गएको फागुन १ गते उनलाई महाअभियोग लगाउन ९४ जना सांसदले संसदमा प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा परेका थिए।उक्त सिफारिस अनुसार सभामुख अग्नि सापकोटाले यो विषयमा नयाँ प्रतिनिधिसभामा पेश गर्न आदेश दिएका थिए।

  • प्रकाशित मिति : माघ १९, २०७९, बिहीवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८