• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रपतिद्वारा वसन्त श्रवण

  • खबरदाता

राष्ट्रपतिद्वारा वसन्त श्रवण

माघ १२, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले वसत्न पञ्चमीका अवसरमा काठमाडौंको हनुमानढोकामा वसन्त श्रवण गरेकी छन् । बिहान १०ः४७ बजेको शुभसाइतमा नासल चोकमा राष्ट्रपति भण्डारीलाई वसन्त श्रवण गराइएको हो ।

गणतन्त्रभन्दा पहिले राजाहरूले वसन्त श्रवण गर्ने गरेकोमा गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन चलेको हो ।

वसन्त श्रवणमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुखसहित उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

  • प्रकाशित मिति : माघ १२, २०७९, बिहीवार १३:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८