माघ ३, २०७९
निरन्तरको छलफलपछि सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको हो ।
सत्ता गठबन्धन दलभित्र कसले कुन मन्त्रालय चलाउने भन्नेबारे सहमति जुटेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बताए ।मन्त्रालयको बाँडफाँटको लागि फेरि बैठक बस्नु नपर्ने गृहमन्त्री लामिछानेको भनाइ छ । लामिछानेका अनुसार नयाँ मन्त्रीहरूलाई आज दिउँसोसम्म शपथ ग्रहण गराइनेछ ।
सहमतिअनुसार नेकपा एमालेले आठ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ । एमालेबाट विष्णु पौडलले उपप्रधानमन्त्री एवं अर्थ मन्त्रलायको जिम्मेवारी पाइसकेका छन् । माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले एक राज्यमन्त्रीसहित ४ मन्त्रालय पाउने छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधानमन्त्री र एक राज्यमन्त्रीसहित तीन मन्त्रालय पाउने भएको छ । यस पार्टीबाट राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री र उर्जा मन्त्रालयको जिम्मेवारी समाल्ने भएका छन् ।
यसैबीच राष्ट्रपति,सभामुख र उपसभामुखको टुंगो लगाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका छन् । सो बैठकमा नेपाली कांग्रेस लगायत लगायत संसदमा प्रतिनिधित्व गर्ने छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८