• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

  • खबरदाता

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

पुस २८, २०७९

 

बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।

उच्च अदालत, पाटनले बिहीबार  धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी दिनेश पौडेलले बताए। पौडेलले भने, “२० लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।”

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलाशले जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। त्यसका विरुद्ध उनी उच्च अदालत पुगेका थिए। उच्च अदालतको यो आदेशसँगै उनले थुना नबसेरै मुद्दा लड्न पाउने भएका छन्।

उच्च अदालतका सूचना अधिकारी पौडेलका अनुसार लामिछानेलाई देश छोड्न भने रोक लगाइएको छ।

  • प्रकाशित मिति : पुस २८, २०७९, बिहीवार १९:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८