पुस २५,२०७९
भरतपुर । जनता कृषि सहकारी संस्थाले आफ्नो छैठौं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष क्या हुमनाथ ढकालको अध्यक्षता तथा वडा नं ३ का वडा प्रतिनिधि माधव अर्थालज्यूको प्रमुख आतिध्यतामा सम्पन्न भएको हो।
कार्यक्रमा राष्ट्रिय सहकारी बैंक ली नारायणगढ शाखा प्रमुख सन्तोष ढकाल, समाजसेवी लोकप्रसाद ढकाल, शिक्षक तथा समाजसेवी राजेश्वर सिग्देल, वकिल रामप्रसाद अधिकारी, किरण गुरुङ लगायतको समुपस्थितिमा भरतपुर–३ मा रहेको प्रधान कार्यालयको सभाहलमा सम्पन्न भएको थियो।
कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक तोरणदत्त सुवेदीले गरेका थिए। कार्यक्रममा अध्यक्ष ढकालले भावि नीति तथा कार्यक्रम तथा प्रगति प्रतिवेदन सुनाएका थिए भने व्यवस्थापक तोरणदत्त सुवेदीले आर्थिक प्रतिवेदन तथा संस्थाको वार्षिक योजना तथा बजेट प्रस्तुत गरेका थिए।
भरतपुर–३ मा प्रधान कार्यालय रहेको संस्थामा हालसम्म २२६६ जना शेयर सदस्य रहेका र संस्थामा हालसम्म तरलता सम्बन्धि कुनै पनि समस्या नरहेको व्यवस्थापक सुवेदीले बताए। कार्यक्रमका प्रमुख अतिथि अर्यालले सहकारी नीति विधी र प्रविधि अनुसार चल्नु पर्ने कुरामा जोड दिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८