• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

  • खबरदाता

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

पुस १६, २०७९

 

 

संघीय संसद्का सदस्यले ‘लोगो लगाउन पाउँछन् । ‘लोगो का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा ‘लोगो नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् ।

 

मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन् । अहिले सांसदका लागि भनेर चार सय लोगो बनाइएको छ । प्रतिलोगोको मूल्य ५६ सय परेको छ । चार सय ुलोगोु बनाउन २२ लाख ४० हजार खर्च लागेको संसद् सचिवालयले जनाएको छ ।

अघिल्लो प्रतिनिधिसभाका सदस्यहरूले लिएका लोगो अझै फिर्ता गरेका छैनन् । राष्ट्रियसभामा दुई वर्षे कार्यकाल र चार वर्षे कार्यकालमा परेर बिदा भएका सांसदले पनि अझै लोगो फिर्ता गरेका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : पुस १६, २०७९, शनिवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८