• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

पेलेको स्वास्थ्य अवस्था गम्भीर

  • एजेन्सी

पेलेको स्वास्थ्य अवस्था गम्भीर

पुस १४, २०७९

 

लन्डन – ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थिति’दयगत अद्यावधिक गर्दै लेखेको छ ।

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थिति’दयगत अस्पतालले केही बताएको छैन ।

विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्ने’दयगतमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् । गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ ।

  • प्रकाशित मिति : पुस १४, २०७९, बिहीवार १०:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८